नियम १२
सूूत्र परिचालन

(१) अपराधको सूचना प्राप्त गर्न वा अपराधको अनुसन्धान तहकिकातको कार्यमा सहयोग पुग्ने सूचना सङ्कलनको लागि ब्यूरोले गोप्यरुपमा सूत्र परिचालन गर्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि सर्वसाधारण, पूर्व अपराधी, विभिन्न पेशामा संलग्न स्वदेशी वा विदेशी व्यक्ति सूत्रको रुपमा परिचालन हुन सक्नेछन् ।
(३) उपनियम (१) बमोजिमको सूत्र, निजको नियुक्ति तथा सूत्र परिचालन सम्बन्धी विवरण गोप्य रहनेछ ।
(४) उपनियम (१) बमोजिमका सूत्रहरूको नियुक्ति, परिचालन र बर्खासी सम्बन्धी कार्य गर्नको लागि ब्यूरोमा देहाय बमोजिमको सूत्र परिचालन समिति रहनेछ ः–
(क) निर्देशक –अध्यक्ष
(ख) ब्यूरोमा कार्यरत बरिष्ठतम् प्रहरी बरिष्ठ उपरीक्षक –सदस्य
(ग) ब्यूरोमा कार्यरत बरिष्ठतम् प्रहरी उपरीक्षक –सदस्य–सचिव
(५) उपनियम (४) बमोजिमको सूत्र परिचालन समितिले सूत्रको नियुक्ति, परिचालन तथा बर्खासी सम्बन्धी कार्यविधि आफै तय गर्नेछ ।